प्रधानमन्त्रीले संघीय संसदमा गर्ने भनिएको सम्बोधन स्थगित

82
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा गर्ने भनिएको सम्बोधन स्थगित भएको छ । राष्ट्रियसभाका सांसद दुर्गाप्रसाद उपाध्यायको निधनका कारण प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको हो ।

संसदको बैठक दिउँसो दुई बजे बस्दै छ । उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गरेर आजको बैठक स्थगित हुने संसद सचिवालयले जनाएको छ । शनिबार बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने छन् ।

आफ्नो पार्टीका नेता तथा राष्ट्रियसभाका सांसद दुर्गाप्रसाद उपाध्यायको निधनले शोक परेका कारण कांग्रेसले प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न माग गरेको थियो ।


  •  
  •  
  •