काठमाडौ, २४ मंसिर(ओएनएस) : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रि हेरफेर र सभासद मनोनयनमा आफुले गल्ति गरेको भए माफि दिन एमाले केन्द्रीय सदस्यहरुसँग अनुरोध गरेका छन् ।
बुधबार ढिलो गरि भएको केन्द्रीय समितिको बैठकमा बोल्दै ओलीले पार्टीका काम गर्दा केहि कमि कमजोरी हुने बताउँदै बरिष्ठ नेताहरुसँग छलफल गरेर निर्णय गरेको बताए। उनले पार्टीलाई सामूहिक निर्णयको आधारमा संचालन गर्ने आफ्नो अडान यथावत रहेको बताए ।
बैठकमा माधव नेपाल पक्षले उठाएको प्रश्नको जवाफ दिदै ओलीले संसदीय समितिका सभापति, दुई मन्त्री हेरेफेर र मनोनीत सभासद् चयनमा मनोमानी नगरेको स्पष्टोक्ति दिएका छन् । माधव नेपाल पक्षले ओलीले एकल निर्णयका आधारमा संसदीय समितिका सभापति, दुई मन्त्री हेरेफेर र मनोनीत सभासद् चयन गरेको आरोप लगाएका थिए ।
नेकपा एमाललेको केन्द्रीय समिलिे स्थायी र पोलिटब्यूरो चयनको लागि आवश्यक प्रक्रिया सुरु गर्न पार्टीको केन्द्रीय निर्वाचन आयोगलाई निर्देशन दिएको छ । बुधबार बसेको केन्द्रीय समितिको बैठलले अपूर्ण रहेको स्थायी र पोलिटब्यूरो चयन गर्ने प्रक्रिया अघि बढाउने निर्वाचन समितिलाई निर्देशन दिएको हो । निर्वाचन आगामी शुक्रबार हुने तय भएको छ ।