ओली र प्रचण्डबीच भेटवार्ता

41
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

फाइल तस्बिर

बिहीबार बालुवाटारमा भएको भेटवार्तामा सभामुखको चुनाव र अमेरिकी सहयोग एमसीसीका विषयमा छलफल भएको थियो ।

सभामुख पूर्वमाओवादीलाई दिन प्रधानमन्त्री ओली सकारात्मक भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । तर छलफलमा कुनै सहमति नभएको र समग्र विषयमा खुलेर छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले बताए ।

सभामुखमा पूर्व एमाले र पूर्व माओवादीको दावी रहेका कारण ३ पटकसम्म संसद बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।


  •  
  •  
  •