प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणबारे कुनै निर्णय भएको छैन : सचिवालय

71
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणबारे कुनै निर्णय नभएको उनको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन प्रधानमन्त्री कार्यालयमा सोमबार भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणबारे कुनै निर्णय नभएको बताएका हुन् ।

पत्रकार सम्मेलनमा उनले भने, ‘प्रधानमन्त्री बिरामी हो, उपचार भइरहेको छ, समाचारमा अमेरिका लैजाने तयारी भनेर समाचार आयो, छलफल भइसक्यो भनेर आयो । अमेरिका लैजाने भनेर कुनै छलफल भएको छैन, ट्रान्सप्लान्ट (मिर्गौला प्रत्यारोपण) को निर्णय अहिले भएकै छैन ।’

पेट दुख्ने समस्या भएपछि अघिल्लो मंगलबार त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओली उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

एपेन्डिक्सको शल्यक्रिया गरेर १० दिनपछि अस्पतालबाट डिस्चार्ज भएका ओली बालुवाटारस्थित सरकारी निवासमा आराम गरिरहेका छन् । ओली अहिले पनि चिकित्सककै निगरानीमा छन् ।


  •  
  •  
  •