प्रधानमन्त्रीको स्वास्थ्यमा निरन्तर सुधार(विज्ञप्तिसहित)

44
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर सुधार आइरहेको अस्पतालले जनाएको छ ।
महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले बुधबार बिहान साढे १० बजे विज्ञप्ति मार्फत प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे अपडेट दिएको हो ।

विज्ञप्तिमा भनिएको छ ‘हाल सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको छ । सम्माननीयज्यूको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको र अहिले उहाँ राम्रोसँग कुराकानी गर्न सक्ने अवस्थामा भएको व्यहोरा जानकारी गराइन्छ ।’

सेन्टरका चिकित्सक डाक्टर अरूण सायमीले प्रधानमन्त्री ओलीले कुराकानी गरे पनि परिवारका सदस्य र नेताहरूसँग नभेटेको बताएका छन् ।

मंगलबार पेट दुखेपछि अस्पताल गएका ओलीलाई एपेन्डिसाइटिस भएको थाहा लागेको थियो । त्यसपछि एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

हेर्नुहोस् विज्ञप्ति


  •  
  •  
  •