प्रधानमन्त्री ओली अस्पताल भर्ना, एपेण्डिसाइटिसको अपरेशन गर्ने तयारी

99
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी ओली अस्पताल भर्ना भएका छन् ।  उनलाई एपेन्डिसाइटिस भएको जनाइएको छ । उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा
भर्ना गरिएको छ ।

सेन्टरका डा. अरुण सायमीले ओलीलाई एपेन्डिसाइटिस भएको र अपरेसनको तयारी भइरहेको बताए । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली बिहान अस्पताल गएका थिए ।

परीक्षणका क्रममा परीक्षणका क्रममा एपेन्डिसाइटिस देखिएको अस्पतालले जनाएको छ ।  प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या भएपछि केही समयदेखि नियमित डायलासिस गरिँदै आइएको छ । उनको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा पनि स्वास्थ्य परीक्षण र उपचार हुने गरेको छ ।


  •  
  •  
  •