हामी हाम्रो भूमि फिर्ता लिन्छौंः प्रधानमन्त्री

86
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई नेपालको भूमिबाट सेना फिर्ता लैजान आग्रह गर्ने बताएका छन् ।
नेकपाको भातृसंगठन राष्ट्रिय युवा संघ नेपालको एकता भेलालाई आइतबार सम्बोधन गर्दै ओलीले भने, हामी हाम्रो जमिनमा हाम्रो सेना राख्छौँ । हामी विश्व शान्तिमा लागेका छौँ । शान्ति सेनामा हाम्रा सैनिक पठाएर । अरुको रक्षा गर्न सक्नेले आफ्नो पनि सक्छ ।’

फाइल तस्बिर

प्रधामन्त्री ओलीले सरकार राष्ट्रियता र भौगोलिक अखण्डताको पक्षमा दृढ रहेको पनि बताए । उनले भारतले अतिक्रमण गरेको नेपाली भूमिबाट पछि हट्नुको विकल्प नरहेको बताए ।

उनले भने,‘सीमा समस्या अहिले भर्खरै भएको होइन, अघिल्लो शताब्दीमा भएको हो, मिचिएको हो । केहीले अहिले भर्खरै भएको हो कि झैं कुरा उठाइरहेका छन्, त्यसो होइन ।’

सीमा मिचिएको मुद्दामा भइरहेको आन्दोलनबारे आफु जानकार रहेको समेत ओलीले बताए ।  उनले नेपाली भूमिमा बसेका भारतीय सेना फिर्ता पठाउनु समस्या समाधान भएको बताए ।

सरकारले संवादको माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
उनले भने, ‘कतिपयले नक्सा सच्याउन भनेका छन्, तर त्यो समाधान होइन । मिचिएको भूमि फिर्ता लिने कुरा हो । नक्सा त प्रेसमा छापे भइहाल्यो । हामी हाम्रो भूमि फिर्ता लिन्छौं । सीमाको मुद्दामा सबै एकताबद्ध भएकोमा खुसी व्यक्त गर्न चाहन्छु ।’


  •  
  •  
  •