‘संघीयतालाई पछि टुङ्गो लगाउनेगरि संविधान जारी गर्न सकिन्छ’

158
  •  
  •  
  •  

kp oliकाठमाडौं १२ मंसिर (ओएनएस) : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीताको मुद्दालाई पछि टुङ्गो लगाउनेगरि माघ ८ मै संबिधान जारी गर्न सकिने बताएका छन् । नेपाल पत्रकार महासंघको टोलीलाई भेट गर्दै ओलीले संबिधान निर्माणको कार्यतालिका अनुसार समय नभएको बताउँदै संघीयताको बिषयलाई संविधान जारी गरेपछि टुङ्गो लगाउन सकिने बिकल्प रहेको बताए ।

शुक्रबार भएको भेटमा उनले भने ‘जनतालाई अहिले संविधान चाहिएको छ, कार्य तालिका होइन, कार्य तालिकाको पछि लाग्यो भने संबिधान बन्दैन । ’ उनले संघीयताको मुद्दालाई टुङ्गो लगाउन संघीय आयोग बनाउनुपर्ने बताए ।

संविधान जारी गरेपछिको संसदले संघीय आयोगले गरेको सिफारिसलाई अनुमोदन गर्न सक्ने ओलीको तर्फ थियो । अर्काे प्रशंगमा ओलीले अहिले संयुक्त बन्न नसक्ने उल्लेख गर्दै यहि सरकारले नै संविधान जारी गर्ने बताए । उनले तोकिएको मितिमा संविधान जारी भएपछि भने संयुक्त सरकार बन्ने सक्ने विश्वास ब्यक्त गरे ।

संबिधानसभाको संबैधानिक राजनीतिक तथा संवाद समितिमा सत्तारुढ काँग्रेस एमालेले पेश गरेको सात प्रदेश सहितको साझा प्रस्तावमा विपक्षी दलहरुले विरोध गरेपछि संविधान निर्माण प्रक्रिया विगत १ महिना यता रोकिएको छ । राज्य पुनसंरचना, शासकीय स्वरुप लगाएतका बिषयमा विवाद बढ्दा दलहरुबीच दुरी बढ्नुको छ भने विपक्षी दलहरुको २२ दलीय मोर्चाले यी विषयमा काँग्रेस एमाले लचिलो नभए आन्दोलन गर्ने चेतावनी दिरहेका छन् ।

नेपाल पत्रकार महासंघले पत्रकारको पेशागत तथा भौतिक सुरक्षा, व्यावसायिक विकास एवं संविधान निर्माणको लागि चलाएको तीन महिने विशेष अभियानका क्रममा ओलीलाई ध्यानाकषर्ण गराउन शुक्रबार भेटेको हो ।


  •  
  •  
  •