प्रधानमन्त्री ओली स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पतालमा

70
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको स्वास्थ्य जाँच शुरू भएको छ । उनी मुटको स्वास्थ्य जाँच गर्न अस्पताल गएका हुन् ।

फाइल तस्बिर

गएको वर्ष उनी सोही सेन्टरमा भर्ना भएर मुटुको उपचार गराएका थिए । त्यसैको फलोअपका लागि ओली बुधबार अस्पताल गएको उनको सचिवालयले जनाएको छ ।
उनी हालै सिंगापुरमा उपचार गराएर फर्किएका हुन् ।


  •  
  •  
  •