प्रधानमन्त्री ओलीको उपचार जारी, स्वास्थ्य अवस्था सामान्य

304
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार भैरहेकोे छ । सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भैरहेको र उनको अवस्था सामान्य रहेको प्रधानमन्त्रीकी निजी चिकित्सक डाक्टर दिव्या सिंह शाहले जानकारी जानकारी दिइन् ।

प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस प्रक्रियामार्फत उपचार सुरु भएको डाक्टर शाहको भनाइ छ ।
यस्तो उपचार विधि अरु केही पटक गर्नु पर्ने पनि उनले बताएकी छन् ।

डाक्टर दिव्यासिंह भण्डारी बुधबार सिंगापुरबाट फर्कीएकी हुन् ।  उनका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य उपचार अर्को सातासम्ममा सकिनेछ ।
गएको साउन १८ देखि २७ गतेसम्म सिंगापुरमा उपचार गराएर फर्केको ३ हप्ता नबित्दै प्रधानमन्त्री ओली गत बिहीबार फेरि उपचारका लागि सिंगापुर गएका हुन् ।

 


  •  
  •  
  •