प्रधानमन्त्री ओलीको ‘प्लाज्मा फेरेसिस’ विधिबाट उपचार शुरु

290
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ विधिबाट उपचार शुरु भएको छ ।

फाइल तस्बिर

उपचारका लागि बिहीबार सिंगापुर गएका प्रधानमन्त्रीको शुक्रबारदेखि त्यहाँको नेसलन युनिर्भ्सिटी अस्पतालमा प्लाज्मा फेरेसिस प्रक्रिया शुरु गरिएको उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् ।

निजी चिकित्सक प्रोफेसर डा. दिव्यासिंह शाहका अनुसार यो उपचार प्रकृया अरू केही पटक गरिनेछ । उनको स्वास्थ्य स्थिति अहिले सामान्य अवस्थामा छ ।

रगतमा रहेको दुषित पदार्थ प्लाज्मामा जम्मा हुने भएकाले दुषित पदार्थ छुट्याएर त्यसलाई (फेर्ने) विधिलाई प्लाज्मा फेरेसिस भनिन्छ ।


  •  
  •  
  •