बिपक्षी सहमत नभए पनि निर्धारित मितिमा संबिधान आउछ – ओली

292
  •  
  •  
  •  

kp oliझापा, १ मंसिर (ओएनएस) : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिपक्षी दल सहमत नभए पनि तोकिएको मितिमा संबिधान जारी हुने ठोकुवा गरेका छन् । भद्रपुर विमानस्थलामा सोमबार पत्रकारहरुसँग कुरा गर्दै ओलीले संविधान निर्माणमा एमाओवादीले अवरोध खडा गरेर जनतामा मस्यौदा जान नदिए पनि तोकिएकै समयमा संबिधान ल्याउन सत्तापक्ष लागि परेको बताए ।

संविधानसभालाई असफल बनाएर सत्ता कब्जा गर्ने माओवादी रणनीतिलाई असफल बनाएर नेपाली जनताको चाहना समेट्ने नयाँ संविधान निर्माण गर्न काँग्रेस–एमालले प्रतिबद्ध रहेको बताउँदै नेता ओलीले संघीयतामा एमाले लचिलो रहेको जनाए ।

संविधान निर्माणका लागि गठित संवाद समिति सभापति डा. वावुराम भट्टराईले उमाओवादको विचार लादेर संविधानको मस्यौदा जनताका माझमा लान ढिलो गराइरेहेको आरोप लगाउँदै समितिका सभापति देश र जनताको हुन नसक्नु दुर्भाग्य रहेको उल्लेख गरे ।

एमाओवादीले जनताको प्रतिनिधित्व विर्सिएर संप्रदायको नेतृत्व गर्न खोज्दा देश द्वन्द्वतिर ढल्कदै गरेको भन्दै ओलीले शान्ति र संविधानका लागि माओवादी बाधक बन्नु नहुने धारणा राखेका थिए ।
उनले लोकतन्त्र मान्ने भन्नेले प्रकृयालाई मान्दिन भन्नु अलोकतान्त्रिक व्यवहार भएको उल्लेख गर्दै उदण्ड चरित्रले जनताको अधिकार सुरक्षित रहन नसक्ने समेत बताए ।

ओलि मङ्सिर २ र ३ गते हुने एमाले इलामको अधिवेसनलाई उद्घाटन गर्ने कार्यक्रमका लागि सोमवार झापा आइपुगेका हुन् ।


  •  
  •  
  •