प्रधानमन्त्री ओली फेरि सिंगापुर जाने

264
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि फेरि सिंगापुर जाने भएका छन् । उनी भदौ ४ गते सिंगापुर जाने योजनामा रहेको बालुवाटार स्रोतले जनाएको छ ।

फाइल तस्बिर

प्रधानमन्त्री ओली गत साउन २७ गतेमात्रै सिंगापुरमा १० दिन स्वास्थ्य उपचार गराएर स्वदेश फर्किएका थिए । उनको स्वास्थ्यमा फेरि समस्या देखिएकाले पुनः जाँच गराउनका लागि जान लागेका बताइएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जनमानसबाट चिन्ता प्रकट भइरहेका बेला उनी स्वदेश फर्केको एक सातापछि नै दोस्रोपटक फलोअपका लागि सिंगापुर जान लागेका हुन् ।

प्रधानमन्त्री ओली गत साउन १८ गते स्वास्थ्य परिक्षण लागि सिंगापुर गएका थिए । साउन १९ देखि एक सातासम्म उनी अस्पतालमै रहेका थिए ।

तोकिएको समयभन्दा दुई दिन ढिलो गरेर प्रधानमन्त्री साउन २७ गते काठमाडौं फर्किएका थिए । १२ वर्षअघि मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा पछिल्लो समय लगातार समस्या देखिँदै आएको छ ।


  •  
  •  
  •