सरकारको उदारता र संयमलाई हेरेर केहि तत्व हौसिएको छ : प्रधानमन्त्री

230
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आलोचना गर्ने नाममा केहि तत्व राजनीति प्रणाली उल्टाउन खोजेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको उदारता र संयमलाई हेरेर केहि तत्व एकदमै हौसिएको बताए ।

उनले आलोचनाका नाममा प्रणाली उल्टाउँछु भन्ने कुरा सरकारलाई मान्य नहुने स्पष्ट पारे ।
सरकारको लोकतन्त्रमाथिको सर्मपर्णमा प्रश्न नगर्न आग्रह गर्दै उनले वर्तमान सरकारको नेतृत्वको गरेको पार्टीले कसैले ल्याइदिएको लोकतन्त्रमा शासन नगरेको बताए ।

उनले मेलम्ची खानेपानी आयोजनाबाट ठेकेदार भागे पनि सरकार भागेजस्तो गरी हल्ला फैलिएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘मेलम्ची खानेपानी आयोजनाबाट ठेकेदारमात्र भागेको हो, सरकार भागेको होइन ।
मेलम्ची खानेपानी आयोजना निर्माण ठेक्का लिएको कम्पनी सिएमसीले योजना छोडेर गएकोतर्फ उनको भनाइ लक्षित थियो ।

त्यस्तै उनले आफूले सरकारको नेतृत्व लिएपछि १४ सय किलोमिटर सडक र ३ सय वटा झोलुंगे पुल बनेको भन्दै काम अघि बढिरहेको बताए ।

यस्तै प्रधानमन्त्री ओलीले सरकारले उदारता देखाएको नपत्याएर हो भन्दै पत्याएका दिन संविधान, गणतन्त्रको रक्षाका लागि सरकार मैदानमा उत्रिने बताए ।


  •  
  •  
  •