शीर्ष नेताहरुको बैठक छोडि केपी ओली झापातिर

637
  •  
  •  
  •  

kp oli काठमाडौं, १ मंसिर (ओएनएस): नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुई महत्वपूर्ण बैठक छोड्दै सोमबार गृह जिल्ला झापा प्रस्थान गरेका छन् । सोमबार संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापती बाबुराम भट्टराईले छलफलको लागि शीर्ष नेताहरुलाई बोलाएका थिए ।  त्यसअघि संविधान निर्माणमा विवाद रहेका बिषयमा सहमतिको लागि शीर्ष दलहका प्रमुख नेताहरुबीच बैठक डाकिएको थियो ।

ओली ३ दिनको लागि झापा प्रस्थान गरेका हुन् ।

ओली झापा लागेपछि शीर्ष नेताहरुको बैठकमा एमालेको तर्फबाट उपाध्यक्ष बिद्या भन्डारीले प्रतिनिधित्व गरेकी छिन् । उपचारपछि नेपाल फर्किएका एमालेका पूर्वअध्यक्ष झलनाथ खानाल निवासमैआराम गरिरहेका छन् भने वरिष्ठ नेता माधवकुमार नेपाल भारतमा छन् ।

यसअघि एकीकृत माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ड सहमतिको लागि भन्दै एक साताको रोल्पा भ्रमण छोट्याउदै तीन दिन अघि काठमाडौं फर्केका थिए । प्रधानमन्त्री सुशील कोइरालाले संबिधान निर्माणको विषयमा सहमति गर्न भन्दै प्रचन्डलाई काठमाडौं फर्कन आग्रह गरेका थिए ।

संबिधान जारी गर्ने मिति नजिकिदै गर्दा दलहरुबीच शासकीय स्वरुप लागायतका बिषयमा विवाद बढ्दा संबिधान लेखन प्रक्रिया महिना दिन यता रोकिएको छ ।


  •  
  •  
  •