प्रधानमन्त्री ओलीले साँझ ५ बजे पत्रकार सम्मेलन गर्दै

92
  •  
  •  
  •  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले संसदमा बोल्न नदिएपछि प्रधानमन्त्री केपी ओलीले आज साँझ  विशेष पत्रकार सम्मेलन गर्दैछन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार साँझ  ५ बजे सिंहदरवारमा पत्रकार सम्मेलन आयोजना गर्न लागिएको हो ।

प्रधानमन्त्रीको हालै सम्पन्न भएको युरोप भ्रमण र विभिन्न विधेयकहरुमा देखिएको विवादबारे प्रधानमन्त्रीले आज संसदलाई जानकारी गराउन समय लिएका थिए ।

तर, कांग्रेस सांसदले प्रमुख प्रतिपक्षलाई पहिला बोल्न दिनुपर्ने भन्दै संसद अवरोध गरेका थिए ।  त्यसपछि रोष्टममा पुगेका प्रधानमन्त्री सम्बोधन नगरी फिर्ता भएका थिए ।

यसैबीच प्रधानमन्त्री ओलीले प्रतिपक्षी नेपाली कांग्रसले संसदमा आज बोल्न रोकेकोमा दुःख व्यक्त गरेका छन् । उनले ट्विट गर्दै भनेका छन्, ‘‘प्रतिपक्षी नेकाले रोष्ट्रम घेरी अवरोध गरेका कारण मैले हालैको युरोप भ्रमण र गुठी विधेयक लगायतका समसायिक विषयहरूमा रहेको जनचासोका सन्दर्भमा सम्मानित सदनलाई आज जानकारी गराउन पाइन । यस घटनाबाट म दुःखी भएको छु ।’

यो पनि हेर्नुहोस्

कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित


  •  
  •  
  •