सुशासन र विकासलाई महत्व दिएर अघि बढेका छौं : प्रधानमन्त्री

488
  •  
  •  
  •  

काठमाडौं, २० वैशाख(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीमैत्री वातावरण भएको बताएका छन् ।

दक्षिण एशियाली उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुसँग शुक्रबार भएको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले नेपालले मात्र हैन दक्षिण एशियाले नै आर्थिक विकास र उन्नतीलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

उनले भने, ‘समृद्ध दक्षिण एशिया र सुखी दक्षिण एशियाली देख्न चाहन्छौं’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले यस क्षेत्रले समृद्धि हासिल गर्ने अहिले उपयुक्त समय भएको बताए ।

दक्षिण एशियामा नै युवा जनसंख्याको बाहुल्यता भएकोले यस्तो बेलामा विकासमाा फड्को मार्न सजिलो हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार सुशासन र विकासलाई महत्व दिएर अघि बढेको बताए । ‘हामीले सुशासन र विकासलाई महत्व दिएर अघि बढेका छौं’ प्रधानमन्त्री ओलीले भने, ‘केही समय विभिन्न कारणले हामी पछि प¥यौं तर अब त्यो समय सकियो । हामी अघि बढ्छौं ।’


  •  
  •  
  •