माघ ८ गते सहमतिबाटै संविधान जारी हुन्छः ओली

135
  •  
  •  
  •  

काठमाडौ, ६ कात्तिक (ओएनएस) : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामि माघ ८ गते सहमतिबाटै संविधान जारी हुने विश्वास ब्यक्त गरेका छन ।  रिपोर्टर्स क्लबको देउसी भैलो कार्यक्रमपछिको साक्षात्कारमा उनले संविधानसभाको आयू चार वर्षको भए पनि राजनीतिक दलहरुले माघ ८ मा संविधान जारी गर्ने प्रतिबद्धता ब्यक्त गरेकाले त्यसमा तलमाथि हुन नहुने स्पष्ट पार्दै तलमाथि गरेर जनतामा निराशा र आक्रोस बढ्ने चेतावनी दिए ।

ओलीले नेकपा एमाले माघ ८ गतेभित्र संविधान जारी गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै ६०१ सभासदलाई भत्तामात्रै खुवाउन र तमासा देखाउन निर्वाचित नरेको बताए ।  देशलाई तल पारेर कुनै ब्यक्तिलाई माथि पार्न सहमति गर्न नसकिने भन्दै ओलीले सहमति पनि नगर्ने अनि प्रक्रियाबाट पनि संविधान जारी गर्न नदिने प्रचण्डको ब्यवहारले आशंका उत्पन्न भएको बताए ।

उनले भने– सहमति भए पनि संविधानसभाको प्रक्रियाबाट संविधान जारी गर्ने हो । संविधानसभामा कसैको पनि दुई तिहाई बहुमत छैन । फेरि प्रक्रियामा जान किन डराका हुन ? मैले बुझ्नै सकेको छैन । ओलीले अहिलेसम्म दलहरुवीच सहमति हुन नसकेको विषय संघीयता भएको स्पष्ट पार्दै संघीयता मुलुकको विकासको लागि हुनु पर्ने ठप्प पार्न संघीयता हुन नहुने बताए ।  उनले अहिलेसम्म पनि केन्दीय संसद भवन बनाउन नसकिएको अवस्थामा धेरै प्रदेश बनाए पचास वर्षसम्म पनि प्रदेशको संरचना बनाउनै लाग्ने भएकोले मुलुकको विकास ठप्प हुने आशंका ब्यक्त गरे ।


  •  
  •  
  •