वरिष्ठ पत्रकार श्रेष्ठको निधनप्रति प्रधानमन्त्रीद्वारा समवेदना प्रकट

116
  •  
  •  
  •  

काठमाडौं, ४ वैशाख(ओएनएस) : नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधनप्रति प्रधानमन्त्री केपीशर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार दिउँसो टुइट मार्फत समवेदना प्रकट गरेका हुन् । प्रधानमन्त्रीले टुइट मार्फत भनेका छन्, ‘ नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको ६१ वर्षको उमेरमा आज बिहान निधन भएको खवर पाउँदा मलाई दुःख लागेको छ । दुःखको यस घडीमा दिबंगत श्रेष्ठप्रति श्रद्धा–सुमन अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछु ।’

श्रेष्ठको उपचारको क्रममा राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा बुधबार बिहान ११ बजे ४९ मिनेटमा निधन भएको थियो ।

श्रेष्ठको पार्थिव शरीर बुधबार साढे १२ बजेदेखि भूगोलस्थित निवासमा राखिने छ । यस्तै दिउँसो ३ दिने पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।

करिब ५ महिनाअघि नाकमा समस्या देखिएका कारण उनको राजधानीको वयोधा अस्पतालमा नाक र त्यसलगत्तै ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो ।

उक्त शल्यक्रिया लगत्तै पत्रकार श्रेष्ठमा विभिन्न स्वास्थ्य समस्या देखापर्दै आएका थिए । उनको नर्भिक अघि भारतको मेदान्त अस्पतालमा पनि उपचार भएको थियो । मेदान्त अस्पतालमा दुई महिना उपचार गराएर फर्किएका उनले नर्भिक अस्पतालमा फिजोयोथेरापी लगायतका विधिबाट उपचार गरिँदै आइएको थियो ।


  •  
  •  
  •