नयाँ वर्षमा प्रधानमन्त्रीको सम्बोधन(पूर्ण पाठसहित)

590
  •  
  •  
  •  

काठमाडौं, १ वैशाख(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट र अनैतिक आचरण भएका मान्छे नेपाली हुन नसक्ने बताएका छन्।

नयाँ वर्ष २०७६ साल शुरु भएको उपलक्ष्यमा आइतबार बिहान देशवासीका नाममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

बालुवाटारस्थित सरकारी निवास परिसरबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्ट र अनैतिक आचरण नेपालीको संस्कार नभएको बताए ।

ओलीले आफ्नो सरकारले थालेका कामको परिणाम देखिन थालेको समेत दाबी गरे ।
ओलीले भने, ‘मेरो नेतृत्वको सरकारले सुशासनका लागि चालेका कदमले नतिजा दिँदैछ । घरजग्गा कारोवार होस् वा संगठित तस्करी,नक्कली भ्याट बिल प्रकरण देखि सबै प्रकारका अबाञ्छित कामको छानविन जारी छ ।’

प्रधानमन्त्री ओलीले भ्रष्टाचार विरुद्धको लडाईं चुनौतिपूर्ण भए पनि यसमा सरकार पछि नहट्ने बताएका छन् ।

‘भ्रष्टाचार विरुद्धको लडाइँ चुनौतिपूर्ण छ र यसले लामै समय लिन्छ । तर जुनसुकै मूलय चुकाएर भए पनि र जति समय लगाएर भए पनि भ्रष्टाचारलाई उन्मूलन गरिछाड्ने अभियानमा म प्रतिवद्ध छु’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् ।
ओलीले गएको वर्ष सरकारले शान्ती,विकास र समृद्धिको नीतिगत, कानुनी र संरचनागत जग बसाल्न खर्च गरेको बताए ।

‘अब त्यही जगमा उभिएर विकास र समृद्धको यात्रा तिव्र गतिका साथ अघि बढाउँछौं’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले हाम्रा सम्पूर्ण स्रोत,साधन यही प्रयोजनामा खर्च गरेका छौं ।’

सम्बोधनको पूर्णपाठ


  •  
  •  
  •