एमाओवादीलाई संयन्त्रको अध्यक्ष दिन सकिदैन : ओली

93
  •  
  •  
  •  

विराटनगर, १५ असोज । नेकपा एमालेका  अध्यक्ष केपी ओलीले दलहरुबीच सहमति नभए दुई तिहाइ बहुमतद्वारा तोकिएको समयमा लोकतान्त्रिक संविधान जारी हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले दलहरु बीच सहमतिका लागि अधिकतम लचकता अपनाउने अन्यथा अन्तर्राष्ट्रिय प्रचलनअनुसार निर्वाचित जनप्रतिनिधिद्वारा दुई तिहाई बहुमतबाट संविधान जारी हुने दावी गरे ।

अध्यक्ष ओलीले सहमति र सम्झौताको लागि राजनीतिक संयन्त्रको निर्माण हुनलागेको  बताउँदै बालहठको आधारमा एकीकृत नेकपा माओवादीलाई संयन्त्रको अध्यक्ष पद दिन नसकिने जिकिर गरे ।
उनले संविधान निर्माण कार्यलाई असफल बनाउन केही दलहरु लागि परेको बताउँदै  एमाले र कांग्रेस सवल ढङ्गले लोकतान्त्रिक संविधान बनाउन सक्षम रहेको दाबी गरे ।

ओलीले पार्टीको नीतिअनुसार सबैलाई मिलाएर लान केही समय लाग्ने बताए  । अध्यक्ष ओलीले संविधान जारी हुनुभन्दा अगाडि सरकार पुनःगठन नहँुने बताउँदै यस सम्बन्धमा नेकपा एमालेले ध्यान नदिएको बताए


  •  
  •  
  •