परिणाम देखिने गरी काम गर्न सबै निकायलाई प्रधानमन्त्रीको निर्देशन

433
  •  
  •  
  •  

काठमाडौं, २४ चैत(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले परिणाम देखिने गरी काम गर्न सबै निकायलाई निर्देशन दिएका छन् ।

गरिबी निवारण कोषको ७० औं संचालक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार हुन नदिन पनि सबै सरकारी निकायलाई पारदर्शी ढंगले काम गर्न सचेत गराए ।

उनले भने, ‘भ्रष्टाचारको गन्ध कहिँकतै आएको पाइए सैह्य हुने छैन् । हरेक संस्था परादर्शी ढंगले चल्नुप¥यो, भ्रष्टाचारका गन्ध आउनु भएन । परिणाम देखिने गरी काम गर्नुप¥यो भन्नु भएको छ ।’

कोषका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गरिबी निवारणको क्षेत्रमा गरेका कामको मूल्यांकन गरेर मात्रै गरिबी निवारण कोषको लागि आगामी आर्थिक वर्षको बजेटको व्यवस्था गर्ने बताएका थिए ।

यस्तै बैठकले गरिवी निवारण कोषको आर्थिक क्रियाकलापको अनुमगन गर्न प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा ५ सदस्यीय समिति बनाएको छ ।

समितिलाई वैशाखभित्र प्रतिवेदन बुझाउन भनिएको छ । यस्तै ३२ हजार गरिबी निवारण कोषसँग सम्बन्धित संस्थाहरुलाई बजेटसहित स्थानीय तहबाट संचालन गर्ने निर्णय पनि गरिएको कोषका उपाध्यक्ष निर्मलकुमार भट्टराईले जानकारी दिए ।


  •  
  •  
  •