संसद बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

362
  •  
  •  
  •  

काठमाडौं, १० चैत(ओएनएस) : प्रधानमन्त्री केपी ओलीले आज संसदमा सम्बोधन गर्दैछन् । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार संसद बैठककमा सरकारले गरेका काम कारबाही र निर्णयबारे सांसदहरुले पछिल्लो समय संसदमा उठाएको प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिन लागेका हन् ।

यसअघि गत फागुन २४ गते सरकारले स्वतन्त्र मधेस गठबन्धनका सिके राउतसँग ११ बुँदे सहमति गरेको थियो । त्यस्तै फागुन २८ गते नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाएको थियो ।

दुवै निर्णयको प्रतिपक्षी र सत्तापक्षबाटै पनि चर्को आलोचना भइरहेको छ । सरकार र राउत समुहबीच ११ बुँदे सहमतिपछि राउत राजनीतिक मुलधारमा आएको सरकारी पक्षले दावी गरेपनि सहमतिपछि पनि उनका गतिविधि शंकास्पद रहेको भन्दै आलोचना रोकिएको छैन ।

सिकेसँगको सहमतिले देश टुक्राउने अभियानमा रहेका राउतलाई सरकारले नै बैधानिकता दिएको तथा राजनीतिक माग बोकेका विप्लवलाई प्रतिवन्ध लगाएर सरकारले नै द्वन्द्व निम्त्याएको भन्दै संसदमा सरकारी निर्णय र सहमतिको चर्को आलोचना हुँदै आएको छ ।

सरकारले संसदमा पेश गरेको राष्ट्रिय सुरक्षा परिषदको काम कर्तव्य र अधिकारबारे व्यस्था गर्न बनेको विधेयकका बारेमा समेत विरोध भइरहेको छ । जसमा प्रधानमन्त्रीले आफुखुशी सेना परिचालन गर्नेगरी विधेयक ल्याइएर निरंकुश बन्न खोजेको भन्दै त्यसलाई सच्चाउनुपर्ने आवाज उठ्दै आएको छ ।


  •  
  •  
  •