लुटेराहरुले चन्दा माग्लान्, नदिनुहोस् : प्रधानमन्त्री

250
  •  
  •  
  •  

काठमाडौं, २९ फागुन(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट पृथकतावादी आन्दोलन समाप्त भइसकेको स्पष्ट पारेका छन् ।

नेपाल नगरपालिका संघको २६ औं स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘पृथकतावादका नाममा ठाउँठाउँमा कार्यपत्र प्रस्तुत गरेर हिँड्नेहरुले अहिले यसको विरोध गरेका छन् ।’

प्रधानमन्त्री ओलीले लुटपाट गर्ने समुहलाई चन्दा नदिन जनप्रतिनिधिलाई आग्रह समेत गरे । ‘लुटेराहरुले तपाईंहरुलाई धम्क्याउलान्, चन्दा माग्लान् तर उनीहरुलाई चन्दा नदिनुहोस्’ प्रधानमन्त्री ओलीले भने, ‘लुटेरा प्रवृतिले देशको विकास हुँदैन । यस्ता प्रवृतिलाई नेपाली समाजले स्विकार्दैन ।’

यस्तै उनले जनप्रतिनिधिहरुलाई इमान बचाएर काम गर्न आग्रह समेत गरे ।
प्रधानमन्त्री ओलीले जनप्रतिनिधिको इमान डगमगायो भने जनताको जनप्रतिनिधिमुलक संस्था माथिको विस्वास पनि डगमगाउने बताए ।
प्रधानमन्त्री ओलीले निर्वाचनका बेला जनतासँग गरेका प्रतिवद्धता नभूल्न पनि जनप्रतिनिधिलाई सम्झाएका छन् ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले स्थानीय तहका अधिकारका बिषयमा नगरपालिका संघ, गाउँपालिका महासंघ र जिल्ला समन्वय समिति महासंघका प्रतिनिधिहरुसँग छलफल गर्ने बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिकाका असल अभ्यास नामको पुस्तक विमोचन गरेका थिए ।


  •  
  •  
  •