प्रधानमन्त्रीले भने, ‘सरकार र अदालत फरक हो’

327
  •  
  •  
  •  

काठमाडौं, २४ फागुन(ओएनएस) : प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले राजपालाई सरकार र अदालत फरक भएको सुझाएका छन् ।

डा.सिके राउतसँग शुक्रबार राजनीतिक सहमति गर्ने क्रममा ओलीले राजपाले सरकारलाई दिएको समर्थन फिर्ताप्रति आपत्ति जनाए ।

उनले भने, ‘सरकारले अदाललाई आदेश दिन सक्दैन् । एउटा राजनीतिक पार्टीले तिलको दाना, मकैको दाना जाडेर समर्थन फिर्ता लिने निर्णय ग¥यो । अदालतको फैसला र सरकारको निर्णय बैग्लै कुरा हो ।’
जेलमा बसेका रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला गरेपछि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

मधेसकेन्द्रित दलप्रति आक्रामक ओलीले सिके राउत देखाएर तराईमा रोटी सेक्नेहरुको समय सकिएको बताए ।
यस्तै उनले विप्लवलाई कम्युनिष्ट पार्टीको नाम बन्द गरेर लुटेर समुह राख्न आग्रह गरे ।
उनले भने, ‘नेकपा भन्न पनि बेइज्जत भइसक्यो ।’ सरकारले शुक्रबार राउतसँग ११ बुँदे राजनीतिक सहमति गरेको छ ।


  •  
  •  
  •