नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री अस्पताल भर्ना

488
  •  
  •  
  •  

काठमाडौं, २२ फागुन(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि शिक्षण अस्पताल भर्ना भएका छन् ।

फाइल तस्बिर

नियमित उपचारका लागि उनी त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा भर्ना भएका हुन् ।

प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले फलोअपका लागि प्रधानमन्त्री त्रिवि शिक्षण अस्पतालमा भर्ना भएको जानकारी दिए ।
प्र

धानमन्त्री ओली मुटुको नियमित परीक्षणका लागि भर्ना भएको र त्रिवि शिक्षण अस्पतालस्थित मनामोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ ।

उनको अहिले सेन्टरमै राखेर स्वास्थ्य परीक्षण भइरहेको छ । प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण प्रा. डा. अरुण सायमी नेतृत्वको टोलीले गरिहरेको सेन्टरका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले बताएका छन् ।

कार्यकारी निर्देशक श्रेष्ठका अनुसार प्रारम्भीक परीक्षणमा प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य देखिएको छ ।


  •  
  •  
  •