प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दै

48
  •  
  •  
  •  

काठमाडौैं, २ माघ(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा आज सम्बोधन गर्दैछन् ।

सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले दिउँसो आज ४ बजे सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

सम्बोधनमा प्रधानमन्त्री ओलीले सरकारले एक बर्षसम्म गरेका कामको विवरण र भावी योजनाहरु सार्वजनिक गर्ने बताइएको छ । ओलीको नेतृत्वमा गत फागुन तीन गते नयाँ सरकार गठन भएको थियो ।


  •  
  •  
  •