ओलीको टिम बदलियो कोर टिममा को–को ?

222
  •  
  •  
  •  

काठमाडौं १४ साउन (ओएनएस) :
एमाले अध्यक्ष निर्वाचित भएपछि केपी शर्मा ओलीका राजनीतिक सहयोगीहरुको टिम बदलिएको छ । शारीरिक रुपमा अस्वस्थ ओली पार्टी,सरकार र संविधानसभा सबैमा आफ्नो कोर टिममा बढी निर्भर हुने गरेका छन् । एमाले संसदीय दलको नेता चुन्दा बनेको समीकरणपछि ओलीको राजनीतिक सहयोगीको टिम फराकिलो भएको थियो ।

नवौं महाधिबेशनअघि नेतृत्व हस्तान्तरणको मुद्दाले पनि उनका सहयोगीहरुको घेरा बदलिएको हो । संसदीय दलको चुनावयता ओलीका मुख्य राजनीतिक सहयोगीका रुपमा उपाध्यक्ष बामदेब गौतम,महासचिव इश्वर पोखरेल र विष्णु पौडेल थपिएका हुन् । उपाध्यक्ष विद्या भण्डारी,तत्कालिन सचिव शंखर पोखरेल र प्रदिप ज्ञवाली त्यसअघि देखि नै ओलीका मुख्य राजनीतिक सहयोगी थिए । ओलीको राजनीतिक–सांगठनिक परिचालनमा सक्रियतापुर्वक लाग्ने नेताहरुमा भण्डारी,शंकर पोखरेल र प्रदिप ज्ञवाली नै गनिन्छन् ।

पोखरेल र ज्ञवाली राजनीतिक मुद्दा र पार्टीले लिन अडानमा धारणा बनाएर ओलीलाई सल्लाह दिँदै आएका थिए । महाधिबेशन नेतृत्व हस्तान्तरण मुद्दामा उपाध्यक्ष गौतम,महासचिव पोखरेल र तत्कालीन सचिव विष्णु पौडेल पनि समाहित भएपछि ओलीको घेरा फराकिलो भएको हो । बैचारिक स्पष्टता र विचारको रक्षाका लागि ओलीले लिन सक्ने अडानका कारण उनलाई सहयोग गरेको भण्डारी,पोखरेल र ज्ञवालीले बताउँदै आएका छन् । नयाँपत्रिकाबाट


  •  
  •  
  •