बहुमत मात्रै नभएर भिजन बलियो भएको सरकार बन्छ : ओली

177
  •  
  •  
  •  

काठमाडौं,१० मंसिर (ओएनएस) :
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाम गठबन्धनको बहुमतले मात्रै नभएर भिजन समेत बलियो भएको सरकार बन्ने कुरा बताएका छन् ।
बाम गठबनधनको लहर बढ्दै गएकाले अव सरकार नयाँ भिजनमा समेत वलियो हुने र यसलाई कसैले चाहेर पनि हल्लाउन नसक्ने बताएका छन् । आइतबार काठमाडौको बौद्धमा पार्टी प्रवेशीहरुलाई स्वागत गर्दै मिलिजुली बाडीचुडी खान हैन देश बनाउन आएको कुरा वताए ।

ओलीले लोकतान्त्रिक गठबन्धन भन्नेहरु वास्तविक लोकतन्त्रवादी नभएको वताए । कांग्रेस आफूलाई लोकतन्त्रवादी ठान्छ तर माओवादीले एमालेसँंग चुनावी गठबन्धन गर्दा किन डराएको भन्दै प्रश्न समेत गरेका छन् । ‘चुनाव पछि देशबाट भ्रष्टाचारी, देशद्रोही र अधिनायकवादीहरु लोप भएर जानेछन ,ओलीले भने ।

अवको सरकार बाम गठबन्धनको बन्ने र अस्थिर हैन स्थिर सरकार बन्ने समेत बताएका छन् ।


  •  
  •  
  •