अध्यक्ष ओलीको ठोकुवा- एमालेले सातवटै प्रदेशमा बहुमतको सरकार बनाउँछ

212
  •  
  •  
  •  

oli
चितवन, १८ भदौ (ओएनएस) : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दावी गरेका छन् ।

चितवनमा आजदेखि सुरु भएको एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को दोस्रो केन्द्रीय कमिटीको बैठक उद्घाटन गर्दै ओलीले स्थानीय तहको निर्वाचनमा जस्तै एमालेले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि बहुमत ल्याउने बताए ।

उनले आफूले सातवटै प्रदेशमा एमालेले पहिलो हुँदै बहुमतको सरकार बनाउने दाबी गरे । सत्तारुढ दलहरु एमालेलाई पछार्न थुप्रै धाँदलीहरु गर्ने प्रयत्न भइरहेको भन्दै ओलीले त्यसले एमालेलाई कुनै फरक नपर्ने बताए ।

अनेरास्ववियुको दोस्रो केन्द्रीय कमिटीको बैठक आजदेखि चितवनमा सुरु भएको छ । देशभरका प्रतिनिधि सहभागी हुने बैठकमा संगठनको कार्यदिशा तय गरिनेछ ।


  •  
  •  
  •