अध्यक्ष ओलीले भने–निहित स्वार्थमा गरिएको सीमांकन सच्याउनुपर्छ

257
  •  
  •  
  •  

kp-oli
चितवन १८ भदौ (ओएनएस) : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निहित स्वार्थका लागि अहिलेको सीमांकन गरिएको बताएका छन् ।

प्रेस चौतारी नेपाल चितवनले आज विहान भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सीमांकलन निहित स्वार्थमा गरिएकाले यसलाई समयक्रमसंगै सच्याउन जरुरी रहेको बताए ।

अध्यक्ष ओलीले भ्रष्टाचारीमाथि निर्ममतापूर्वक कारबाही हुनुपर्ने बताए । भ्रष्टाचार राज्यशक्तिको दुरुपयोग यसकै संरक्षणमा भइरहेको उनले आरोप लगाए ।


  •  
  •  
  •