प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि एमाले पहिलो हुन्छ : ओली

205
  •  
  •  
  •  

kp oli
पोखरा, १६ भदौ (ओएनएस) : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर १० र २१ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि एमालेले बहुमत ल्याउने दाबी गरेका छन् ।

नेकपा एमाले प्रदेश संगठन कमिटी प्रदेश नं– ४ को पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको राष्ट्रियताप्रतिको अडान, नीति तथा कार्यक्रमलगायतका कामले जनताको मत तान्ने दाबी गरे ।

उनले प्रदेश नं– २ मा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा एमालेलाई चारैतिरबाट घेराबन्दी गर्न खोजिए पनि पहिलो पार्टी हुन कसैले नरोक्ने बताए ।

संघीय संसद् र प्रदेशसभाको निर्वाचन एकै चरणमा हुनुपर्छ भन्ने पक्षमा एमाले रहँदारहदै पनि दुईचरणमा गर्न लागिएकामा विरोध जनाउँदै ओलीले यसले सत्तारुढ दलले धाँदली गर्ने संकेत दिएको आरोप लगाए ।


  •  
  •  
  •