ओलीले मोदीलाई दिए जन्मदिनको शुभकामना, दुई देशबीचको सम्बन्ध थप बलियो बनाउने

29
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् ।
बिहीबार बिहान प्रधानमन्त्री ओलीले शुभकामना दिँदै दुई देशबिचको सम्बन्ध थप बलियो बनाउनका लागि निरन्तर काम गर्ने उल्लेख गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार ७० औँ जन्मोत्सव मनाउँदै छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई पठाएको शुभकामना सन्देशमा शुस्वास्थ्य र खुशीको कामना गरिएको छ ।

ओलीले सन्देशमा भनेका छन्, ‘प्रधानमन्त्री मोदी जी तपाईँलाई जन्मोत्सवको न्यानो शुभकामना । शुस्वास्थ्य र खुशी प्राप्त होस् । हामीले निकै निकटमा रहेर दुई देशबिचको सम्बन्ध थप बलियो बनाउनका लागि काम गर्ने छौँ ।’

भारतीय प्रधानमन्त्री मोदीको जन्म सन् १९५० को सेप्टेम्बर १७ मा भएको हो।

 


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here