ओली र नेपालबीच एमाले बैठकमै चर्काचर्की

548
  •  
  •  
  •  

काठमाडौं ।
एमाले पार्टी बिभागमा रहने व्यक्तिहरुको बिषयलाई लिएर अध्यक्ष तथा प्रधानमन्त्री ओली र नेता माधवकुमार नेपालबीच चर्काचर्की परेको छ । बिभागमा रहने व्यक्तिको नाम टुंगो लगाउन बुधवार बिहान बसेको स्थायी समिति बैठकमा दुई नेताबीच विवाद भएको हो ।

नेता नेपालले एकलौटी ढंगले अघि बढ्न खोजेको भन्दै ओलीको कार्यशैलीको तिव्र विरोध गरे । संस्थागत गुटबन्दी गर्न खोजेको आरोप लगाउदै उनले जबर्जस्ती अघि बढ्न खोजे आफ्ना धारणा लिएर देशव्यापी रुपमा कार्यकर्तासमक्ष जाने चेतावनी दिए ।महाधिवेशन सकिएको डेढ बर्षसम्म विभाग गठन हुन नसकेपछि उक्त एजेन्डा टुंगो लाउन मंगलवार दिउसो स्थायि समितिको बैठक बसेको थियो ।

बैठकमा यसै साता ओली समुहले मदन भन्डारी फाउन्डेशनको नाममा गरिएको भेला र अन्य बिषयलाई लिएर नेता नेपाल र ओली बिच चर्काचर्की समेत भएको छ । -कान्तिपुरबाट


  •  
  •  
  •