माधव–केपी गुटको असर संसदमा पनि !

362
  •  
  •  
  •  

काठमाडौं, १४ साउन (ओएनएस) : नवौं महाधिवेशनमा गुट बनाएर निर्वाचनमा सहभागी भएका एमालेका नेताद्वय माधव नेपाल र केपी ओलीको सम्बन्ध सुमधुर हुन सकेको छैन् । दुई नेताबीचको मात्र होइन दुवै नेताका पक्षमा लागेका अन्य नेताहरुकोसमेत सम्बन्ध सुमधुर हुन सकेको छैन् ।

महाधिवेशन समाप्तीसँगै नेताहरुले पार्टीमा गुटबन्दी सकिएको बताएका थिए । उनीहरुले पार्टीलाई एक ढिक्का बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए । अध्यक्ष्मा निर्वाचित भएपछि ओलीले पार्टीलाई एक बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए भने अध्यक्षमा पराजित नेता माधव नेपालले महाधिवेशनमा भएको गुटबन्दीलाई समाप्त पारेर नयाँ नेतृत्वलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । तर, महाधिवशेन सम्पन्न भएको १५ दिनपुरा भइसक्दासमेत एमालेमा गुटगत प्रभाव कायमै छ ।

आन्तरिकरुपमा देखिएको गुटगत प्रभाव पार्टीभित्र मात्र सिमीत रहेन् । बुधवार व्यवस्थापिका संसद् अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमासमेत गुटको असर देखा पर्यो । समितिको बैठकमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई बोलाइएको थियो । बैठकमा भारतीय विदेशमन्त्री शुष्मा स्वराजको नेपाल भ्रमणबारे समितिलाई जानकारी नगराएको भन्दै मन्त्री पाण्डको आलोचना भयो । आलोचना गर्नेमा अन्य दलका सभासदभन्दा एमालेकै सभासदले बढी थिए,त्यसमा पनि नेपाल गुटका ।

मन्त्री पाण्डे अध्यक्ष केपी ओली निकटमा मानिन्छन् । समितिका सदस्य एवं नेता नेपाल निकट सभासद सोमप्रसाद पाण्डे र चुडामणि विकले मन्त्री पाण्डेको चर्को आलोचना गरे । उनीहरुले भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको विषयमा समितिलाई जानकारी नदिएको, मोदीको लुम्बिनी भ्रमण स्थगित गरेको भन्दै पाण्डेको आलोचना गरे ।

समिति सदस्य पाण्डेले नेपाल–भारत संयुक्त आयोगको बैठकमा सरकारले तयारी पुरा नगरी मन्त्री र सचिवबीच मुखामुख भएको भन्दै आपत्ति जनाए । उनको जवाफमा मन्त्री पाण्डेले सरकार पुर्ण तयारीका साथ बैठकमा पेश भएको भन्दै भने, ‘म यहाँ रुन्चे स्वर लगाउन आएको होइन, सरकारले पूर्ण तयारीसाथ वार्ता गरेको छ । आमने सामने बस्दा मुख नहेरे के हेर्ने त ?’ उनीहरुले तर्क वितर्क देख्दा लाग्थ्यो उनीहरु एकै दलका नेता होइनन् ।


  •  
  •  
  •