प्रधानमन्त्री ओली र मोदीबीच शिष्टाचार भेटवार्ता हुँदै

286
  •  
  •  
  •  

नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज शिष्टाचार भेटवार्ता हुँदैछ ।

भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली पुगेका ओली र मोदीबीच भेटवार्ता हुन लागेको हो ।

प्रधानमन्त्री निवास हैदरावादमा हाउसमा हुने शिष्टाचार भेटवार्तामा नेपाल–भारत सम्बन्धका समग्र आयामका विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री ओलीले भारतका नवनियुक्त प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणासमेत दिने बताइएको छ ।

मोदीको सपथग्रहण कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली बिहीबार भारत गएका थिए । नयाँ दिल्लीको रायसिनाहिलस्थित राष्ट्रपति भवनमा आयोजित सपथ ग्रहण समारोहमा प्रधानमन्त्री ओली सहभागी भएका थिए ।

सपथग्रहण समारोहपछि प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द र विमस्टेक राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखसँग संक्षिप्त भेटवार्ता गरेका थिए । प्रधानमन्त्री ओली आज काठमाडौं फर्कनेछन् ।


  •  
  •  
  •