प्रधानमन्त्री ओली स्वदेश फिर्ता

102
  •  
  •  
  •  

काठमाडौं, १ जेठ(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एक साताको औपचारिक भ्रमण पूरा गरीस्वदेश फर्किएका छन् ।

भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणामा गत वैशाख २६ देखि ३० वैशाखसम्म भियतनाम र त्यसपछि कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा कम्बोडिया भ्रमण सकेर बुधबार साँझ उनी स्वदेश फर्किएका हुन् ।

ओलीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपा संसदीय दलका उपनेता सुुवास नेम्बाङ र उच्चपदस्थ कर्मचारीले स्वागत गरेका थिए ।


  •  
  •  
  •