विश्व प्रेस स्वतन्त्रता दिवसमा प्रधामन्त्रीको शुभकामना

273
  •  
  •  
  •  

काठमाडौं, २० वैशाख(ओएनएस) : विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गरेका छन् ।

शुक्रबार टुइट गर्दै प्रधानमन्त्री ओलीले आम नागरिक तथा सञ्चारकर्मीमा शुभकामना प्रकट गरेका हुन् ।

प्रधानमन्त्री ओलीले संवैधानिक, कानुनी र व्यवहारिक रुपमै सुरक्षित नेपाली प्रेसलाई स्वच्छ, व्यावसायिक र सिर्जनशील बनाएर यसले अझ मर्यादित र प्रतिष्ठित स्थान प्राप्त गरोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।


  •  
  •  
  •