प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

283
  •  
  •  
  •  

काठमाडौं, २२ फागुन(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् ।

फाइल फोटो

स्वास्थ्य परीक्षणमा सबै रिपोर्ट सामान्य आएपछि उनी डिस्चार्ज भएका हुन् ।  नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण परिसरमा रहेको मनमोहन कार्डियोथोरासिस तथा भास्कुलर सेन्टरको सिसियू कक्षमा भर्ना भएका प्रधानमन्त्री ओली करिब १० घन्टा अस्पताल बसेपछि डिस्चार्ज भएका हुन्।

प्रधानमन्त्री ओलीको मुटु लगायतका अंग परीक्षण गरिएको थियो । प्रधानमन्त्री ओली बुधबार बिहान साढे १० बजे अस्पताल भर्ना भएका थिए ।


  •  
  •  
  •