प्रधानमन्त्री ओलीले आज संसदलाई सम्बोधन गर्दै

140
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदलाई सम्बोधन गर्दैछन् ।

बिहान ११ बजेपछि संघीय संसदको प्रतिनिधिसभा बैठकलाई उनले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले आफ्नो युरोप भ्रमणका बारेमा संसदलाई जानकारी गराउन लागेका हुन् । विदेश भ्रमण गरेर स्वदेश फर्केपछि प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने प्रचलन छ ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले गुठी, मिडिया काउन्सिल लगायतका विधेयकवारे संसदमा उठेका प्रश्नको जवाफ पनि दिने बताइएको छ । दुबै विधेयकका बारेमा संसद बैठकमा प्रतिपक्षका साथै सत्तारुढ दलकै सांसदहरुले पनि प्रश्न उठाउँदै आएका छन् ।


  •  
  •  
  •