शान्तीका लागि कोटीहोम महाउत्सव सम्पन्न, डेढ करोड भन्दा बढी बचत संकलन

451
  •  
  •  
  •  

काठमाडौं, २० फागुन (ओएनएस) : विश्व जागरण महाअभियान ट्रष्टद्वारा आयोजित पशुपती महाउत्सव २०७४ “शान्तीका लागि कोटीहोम”भन्ने मुल नाराका साथ सम्पन्न भएको छ। सो महाउत्सव सम्पन्न पश्चात आयोजकले उत्सवमा भएको आय–व्यय सार्वजानिक गरेको छ ।

सो महाउत्सवका आयोजक अध्यक्ष पुर्व गृहसचिव अन्तराज पाण्डेको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका कोषाध्यक्षल अम्दानी,खर्च र बचतको आंसिक विवरण प्रस्तुत गरिएका थिए।

पत्रकार सम्मेलमा समितिका कोषाध्यक्षले आम्दानी तर्फ २ करोड ५५ लाख ८६ हजार १ सय ७१, खर्च तर्फ ९४ लाख ७३ हजार २ सय २६ र बचत तर्फ १ करोड ६१ लाख १२ हाजार ९ सय ४५ रुपैयाँ भएको विवरण प्रस्तुत गरेका थिए।

आयोजक समारोहका अध्यक्ष पाण्डे भने, ‘महाउत्सवबाट उठेको रकमले काठमाडौँ भित्र गौमाता संरक्षण गृह खोल्ने र वृद्धा आश्रम निर्माण गरिने छ’

१६ औँ दिनसम्म पशुपती वनकालीमा संचालन भएको सो कोटीहोममा करीब २ लाख दर्शालु भक्तजनले उत्सवको अवलोकन गरेको ओयोजकले जनाएको छ ।

विश्व जागरण महाअभियान ट्रष्टका संयोजक इश्वर कृष्ण महाराज जी द्वारा मुखाकृत सो कोटीहोम सम्पन्न भएकोमा सम्पुण पत्रकार वुद्धिजीवी आयोजक समिति, सुरक्षा संयन्त्र सबैलाई सो पत्रकार सम्मेलनमा संयोजक इश्वर कृष्ण महाराज जी बधाई दिदैँ अगामी दिनमा पनि हातेमालो गर्दै अगाडी बढ्ने प्रतिवद्धता ब्यक्त गरेका थिए।

त्यस्तै कोटीहोमलाई सफल बनाउन पुर्व नेपाल संरक्षण परिष्दका पुर्व गृहसचीव, नेपाल प्रहरीका पुर्व डिआइजी, समाजसेवी कलाकारको उच्च प्रसांश गर्दै अध्यक्ष पाण्डेले धन्यवाद ज्ञापन समेत गरेका थिए।


  •  
  •  
  •