कोसी व्यारेजका सबै ढोका खोलियो

234
  •  
  •  
  •  

काठमाडौं, १७ साउन (ओएनएस) :  सिन्धुपाल्चोकको जुरेमा पहिरो जाँदा करिब थुनिएको सुनकोसीनदीको को अस्थायी बाँध फुट्दा उदयपुरदेखि सुनसरीसम्मका बासिन्दा जोखिममा पर्ने भएपछि सुनसरीस्थित कोसी व्यारेजका सबै ५६ ढोका खोलिएको छ । सबै ढोकालाई आधा÷आधा खोलिएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

सरकारले सम्भावित जोखिम न्युनिकरणका लागि सबै ढोका खोल्न निर्देशन दिएको थियो । सबै ढोका खोन्ल भने पनि भारतले सुरुमा नमानेको बताइएको थियो । तर नेपाल सरकारको आग्रहमा सबै ढोका खोल्न भारत राजी भएको थियो । कोसी व्यारेज बनेपछि पहिलो पटक सबै ५६ ढोका खोलिएको यो पहिलो पटकको हो ।
सुनकोसी नदी किनारमा बस्ने बासिन्दालाई सुरक्षित स्थानमा लैजान हाई सुरक्षा अलर्ट जारी गरिएको पुर्वाञ्चल क्षेत्रीय प्रहरी प्रमुख नवराज सिलवालले जानकारी दिए ।

‘आईपर्ने जस्तो सुकै चुनौतिको सामना गर्ने गरी तयारी गर्न निर्देशन दिएका छौं’, सिलवालले भने, ‘हामीले सुरक्षा निकाय हाई अलर्टमा रहन निर्देशन दिएका छौं ।’ सुनकोसी नदीमा बनेको बाँध फुटेको अवस्थामा सबैभन्दा बढी क्षति सप्तरी र सुनसरीमा हुने निश्कर्ष निकालेको जानकारी दिँदै पुर्वाञ्चल क्षेत्रीय प्रहरी प्रमुख सिलवालले सप्तकोसीमा रहेका ५६ ढोका खोल्ने विषयमा छलफल भएको बताए ।
यसैबीच गृहमन्त्रालयले निजी हेलिकोप्टर कम्पनिलाई अन्यत्र हेलिकोप्टर उडान नगर्न निर्देशन दिएको छ । संभावित उद्धार कार्यलाई ध्यान दिँदै सरकारले यस्तो निर्देशन दिएको हो ।


  •  
  •  
  •