सशस्त्र प्रहरी महानिरीक्षक वन्तलाई बचाउने चलखेल

258
  •  
  •  
  •  

काठमाडौं ३ पुस । सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई बचाउने चलखेलले तीव्रता पाएको छ।  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल वन्तलाई लिएर बिहीबार राति अबेर प्रधानमन्त्री निवास पुगेका थिए। उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निलम्बन रोकी कानुनी उपचार खोजेपछि मात्र थप निर्णय गर्न अनुरोध गरेका छन्।

प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र वन्तका बीच रातिको बैठकपछि प्रधानमन्त्रीले राति नै केही मन्त्रीसँग परामर्श गरेका थिए । स्रोतका अनुसार शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय लिनेछ।

अख्तियार उच्च स्रोतका अनुसार उनीहरूविरुद्ध अदालतमा मुद्दा चलाउने तयारी भइरहेको छ। छानबिनका क्रममा अस्तित्वमै नभएको झोले कम्पनीलाई विभिन्न सामान खरिदको जिम्मा दिइएको तथा सम्बन्धित युनिटसम्म त्यस्ता सामग्री नपुगेका कारण करिब ६ करोड हानिनोक्सानी भएको तथ्य फेलापरेपछि उनीहरूलाई निलम्बन गर्न सरकारलाई पत्र पठाइएको हो।


  •  
  •  
  •