बाढीको वितण्डा : कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए

93
  •  
  •  
  •  

काठमाडौं । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दा तटीय क्षेत्र डुबानमा पर्न थालेपछि सप्तकोशी नदीको ब्यारेजका ५६ वटै ढोका खोलिएको छ ।  ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले ढोका खोलिएको जानकारी दिए।

नौ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले दुई लाख ९० हजार क्यूसेक पानी बगिरहेको बताइएको छ । शनिबार तीन लाख १८ हजार ६५० क्यूसेक पानी बगिरहेको थियो । शनिबनर ४० वटा ढोका मात्र खाेलिएकाे थियाे।

कोशी ब्यारेज पूर्णतया भारतीय पक्षको निगरानी र नियन्त्रणमा रहँदै आएको छ । कन्ट्रोल रुममा भारतीय कर्मचारीहरु रहेका छन् ।


  •  
  •  
  •