कोशी ब्यारेजका सबै ढोका खोलिएपछि बिहारका हजारौं बासिन्दा नेपालमा

258
  •  
  •  
  •  


काठमाडौं १९ साउन (ओएनएस) :  सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिएपछि भारतको विहार राज्यका हजारौ जनता नेपाल प्रवेश गरेका छन्। पहरिोले थुनिएको सुनकोशी फुट्दा आउनसक्ने बाढी र त्यसले निम्त्याउने विनासबाट डराएर उनीहरु सुरक्षाका लागि नेपालतर्फ आएका हुन्। स्थानीय प्रशासनले दिएको जानकारीअनुसार ५ हजार भन्दा बढी भारतीय पोकापन्तुरा बोकेर नेपालतर्फ आइरहेका छन्।

भारतको विहार राज्यको सुपौल जिल्लालगायतका बासिन्दा ज्यान बचाउन नेपाल तर्फको सुरक्षित स्थान तर्फ आएको सुपौलका महमत सफरागले बताए। सफरागले सप्तकोसिका सबै ढोका खोलिएपछि बिहारका बासिन्दा घरबार बगाउने आशंका गर्दै त्रसित भएका छन्। भारतीय नागरिक नेपाल प्रवेश गरेपछि नेपालतर्फको हरिपुर गाविसको विभिन्न भाग र कोसि व्यारेजको आसपास आएर बसेका छन्। केही भारतीय सुनसरी सदरमुकाम इनरुवाको भगवती माविमा आएर बसेका छन्।

सुनसरीका प्रमुख जिल्ला अधिकारी सुर्दशन ढकालले भारतको विहार राज्यका करिव २ हजार भन्दा बढी सर्बसाधारण नेपाल तर्फको सुरक्षित स्थानमा आएर बसोवास गरेको बताएका छन् ।आपतकालीन अवस्थामा भारती नागरिकलाई पनि आश्रय दिदा फरक नपर्ने प्रजिअ ढकालको भनाइ छ।सप्तकोसी नदीमा बाढी आएमा पूर्वी तटबन्ध क्षेत्रका बराहक्षेत्र, प्रकाशपुर, महेन्द्रनगर, मधुवन, पश्चिम कुसाहा, श्रीपुर र हरिपुरका बस्ती पनि जोखिम पर्नेछन् । कोसिको बाढी बस्ती प्रबेस गरेमा भोक्राहा, नरसिंह र लौकहीका ठूलो क्षति पुर्याउने छ।

यता सप्तकोसिमा पानीको बहाव प्रतिसेकेण्ड एक लाख १६ हजार ७ सय क्युसेक मापन गरिएको छ । दिउँंसो एक लाख २६ हजार रहेको पानीको बहाव साँझपख घटेको प्रहरी चौकी कोसि व्यारेजका प्रहरी नायव निरीक्षक खगेश्वर खतिवडाले बताए । सप्तकोसिमा पानीको बहाव कम नै रहेकाले स्र्वसाधारणलाई नआत्तिन जिल्ला प्शासन कार्यालय सुनसरीले अनुरोध समेत गरेको छ। सम्भावित घटनालाई ध्यानमा राख्दै सप्तकोसिका विभिन्न क्षेत्रमा नेपाल प्रहरी,ससस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोली प्रयाप्त मात्रामा खटाइ सकिएको पूर्वाञ्चलका क्षेत्रीय प्रशासक महाश्रम शर्माले बताएका छन्। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •