कोरोनाभाइरसका कारण २ हजार ८७३ को मृत्यु

872
  •  
  •  
  •  

काठमाडौं-कोरोनाभाइरसको संक्रमणबाट विश्वभर शुक्रबार २ हजार ८ सय ७३ व्यक्तिको मृत्यु भएको छ।

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिएको उक्त भाइरस विश्वका ५६ देशमा फैलिएको र विश्वभर कूल ८३ हजार ८ सय ५३ व्यक्तिमा संक्रमण भएको विश्व स्वास्थ्य संगठन र सम्बन्धित देशका अधिकारीले पुष्टि गरेको तथ्यांकमा उल्लेख छ।

मूख्यभूमि चीनमा कोरोना भाइरसका कारण शुक्रबारसम्म २ हजार ७ सय ८८ व्यक्तिको मृत्यु भएको छ। ७८ हजार ८ सय २४ जनालाई संक्रमण पुष्टि भैसकेको छ।-एजेन्सी


  •  
  •  
  •