कोरियन भाषा परीक्षाका लागि आजदेखि

188
  •  
  •  
  •  

काठमाडौं २८ साउन (ओएनएस) :
कोरियन भाषा परीक्षाका लागि आज बुधबारदेखि आवेदन खुला हुने भएको छ । यसपटक उपत्यकामा तीन र बाहिर चार ठाउँबाट आवेदन फारम बुझाउन सकिने व्यवस्था छ । रोजगार अनुमति प्रणाली इपीएस अन्तर्गत काम गर्न कोरिया जान अनिवार्य रुपमा कोरियन भाषा परीक्षा पास गर्नुपर्छ । कोरिया वैदेशिक रोजगारीको आकर्षक गन्तब्य हो । परीक्षा दिनेले आगामी शनिबारसम्म आवेदन फारम बुझाइसक्नुपर्नेछ ।

उपत्यकामा एक्मी इन्जिनियरिङ कलेज सीतापाइला,ल्यावरोटरी स्कुल कीर्तिपुर, च्यासल फुटबल खेलमैदान बालकुमारीबाट आवेदन फारम बुझाउन सकिनेछ । उपत्यका बाहिर पोखरा, धरान, बुटबल लगायतका स्थानबाट आवेदन दिन पाइन्छ ।


  •  
  •  
  •