दक्षिण कोरियाले आजदेखि आफ्ना नागरिकलाई स्वदेश फर्काउँने

447
  •  
  •  
  •  

काठमाडौं । दक्षिण कोरियाले आजदेखि आफ्ना नागरिकलाई स्वदेश फर्काउँने भएको छ । नागरिक उड्ययन प्राधिकरणका अनुसार दक्षिण कोरियाले नेपालमा रहेका आफ्ना नागरिक लान खालि विमान पठाउँदै छ ।

सोही विमानमार्फत आज बेलुका ७ बजे कोरियाका नागरिकलाई लाने सूचना आएको क्षेत्रीले जानकारी दिए ।नेपालस्थित दक्षिण कोरियाली दूतावास स्रोतका अनुसार नेपालमा रहेका करिव ९ सय जना कोरियाली नागरिकलाई हरेक हप्ता एउटा विमानमार्फत कोरिया लगिनेछ ।

नेपालले आइतबारदेखि सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाए पनि कोरियाका नागरिक लानका लागि दक्षिण कोरियालाई एउटा विमान उडानको अनुमति दिइएको छ । तर त्यस्तो विमान नेपाल आउँदा खालि आउनुपर्ने सर्त राखिएको स्रोतले जनाएको छ ।


  •  
  •  
  •