कोरोनाभाइरस : दक्षिण कोरियामा रहेका नेपालीलाई सावधानी अपनाउन आग्रह

293
  •  
  •  
  •  

काठमाडौं । सियोलस्थित नेपाली दूतावासले दक्षिण कोरियामा रहेका नेपालीमा समेत कोरोना संक्रमण फैलन सक्ने भन्दै विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

दूतावासले एक विज्ञप्ति प्रकाशित गरेर सतर्क र सजग रहन त्यहाँ रहेका नेपालीहरूलाई अपिल गरेको हो ।
संक्रमण फैलिएको क्षेत्रमा थुगु तथा आसपासका क्षेत्रमा नेपाली विद्यार्थी र श्रमिकहरु रहेको भन्दै दूतावासले त्यो क्षेत्रका नेपालीलाई बढी सजग र सचेत हुन आग्रह गरेको छ ।

दूतावासले कोरोना संक्रमणको शंका लागेमा सार्वजनिक स्वास्थ्य संस्थामा गई जाँच गर्न पनि सुझाव दिएको छ ।

अवैध रूपमा रहेका कामदारलाई पनि स्वास्थ्य जाँच गर्न दूतावासले आग्रह गरेको छ । संक्रमण फैलिएको क्षेत्रमा करिब ७ हजार नेपाली रहेको अनुमान गरिएको छ ।

रोजगारीका लागि नेपालमा चालिस हजार भन्दा बढी नेपाली कार्यरत रहेका छन् ।

हेर्नुहोस् विज्ञप्ति

 


  •  
  •  
  •