उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण

241
  •  
  •  
  •  

एजेन्सी । उत्तर कोरियाले फेरि क्षेप्यास्त्र परीक्षण गरेको छ । दक्षिणी हवाङहाइ प्रान्तबाट समुन्द्रमा लक्षित गरी मंगलबार बिहान दुई वटा क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाले जनाएको हो ।

अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यास हुन लागेकाले उत्तर कोरिया रुष्ट बनेको छ । यसअघि पनि गएको बुधबार र शुक्रबार पनि क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

यी मिसाइल कस्ता किसिमका हुन् भन्ने नखुले पनि निरन्तरको प्रक्षेपणले अमेरिकालाई दबाब दिन यस्ता प्रक्षेपण भइरहेको हुन सक्ने बताइएको छ ।


  •  
  •  
  •